साफ यू-१७ महिला च्याम्पियनसिप : आज भुटानसँग खेल्दै नेपाल
काठमाडौं, ८ चैत । साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले आफ्नो दोस्रो खेल भुटानसँग खेल्दैछ ।
बंगलादेशको ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा हुने नेपाल र भुटानबीचको खेल नेपाली समय अनुसार बेलुका ७ बजे सुरु हुनेछ ।
भारतसँग पहिलो खेलमा ४-१ ले पराजित भएको नेपालका लागि उपाधिको सम्भावना कायम राख्न आजको खेल जित्नैपर्ने हुन्छ ।
उता भुटान पनि पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग ८-१ ले पराजित भएको थियो । रुसले आज घरेलु टोली बंगलादेशसँग पहिलो खेल खेल्दैछ भने खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
नेपालले तेस्रो खेल आउने आइतबार रुससँग र चौथो खेल मंगलबार बंगलादेशसँग खेल्नेछ ।
