आज मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं, १२ चैत्र । आइतबार पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाे छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाे छ।

यी प्रदेशबाहेक देशका बाँकी पहाडी भूभागका १–२ स्थानमा पनि वर्षाको सम्भावना छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। खहाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *