सन्धिखर्कमा एमाले अध्यक्ष ओली पुगेपछिको हर्क (पाँच तस्बिर)

अर्घाखाँची, १२, चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । नेकपा (एमाले) अर्घाखाँची जिल्ला कमिटीले आज सन्धिखर्कमा आयोजना गरेको अगुवा कार्यकतालाई प्रशिक्षण कार्यक्रममा सम्वोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रिय शक्तिको नेतृत्व एमालेले गर्ने बताउनुभयो । ओली अर्घाखाँची पुग्दा त्यहाँ निकै उत्साहपूर्ण उपस्थिति रहेको थियो । मिसन ग्रासरुट अभियानमा अध्यक्ष ओली अर्घाखाँची आउने भनेपछि त्यहाँ खुशीयाली छाएको थियो । जनताको उपस्थितिले पनि त्यहि झल्को दिन्थ्यो । 
अध्यक्ष ओलीले राष्ट्रिय शक्ति निर्माणमा अबरोध पुर्याउन विरोधीहरूले षड्यन्त्र गरिरहे पनि सबै षड्यन्त्र चिर्दै नेकपा (एमाले) जनताको बलमा राष्ट्रिय शक्तिका रूपमा फेरि उदाएरै छाड्ने विश्वास व्यक्त गर्नुभयो ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएको अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारको कार्यकालमा राष्ट्रिय गौरवका आयोजना सुरू गरेको बताउँदै जनताको पक्षमा काम गर्दा गर्दै सरकार छाड्नुपरेको बताउनुभयो । समृद्व नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने सङ्कल्पका साथ काम अगाडि बढाएको स्मरण गर्दै अध्यक्ष ओलीले पार्टी सरकारमा नरहँदा पनि मिसन ग्रासरूटमा यस अभियानलाई पनि जोडिएको वताउनुभयो ।

देशमा १० मुखे गठबन्धन रहेको र यो १० मुखे गठबन्धन आफ्ना स्वार्थसिद्धिमा तल्लीन रहेको हुँदा जनताको पक्षमा कुनै काम नगर्ने बताउनुभयो ।
कार्यक्रममा पार्टीका सचिव तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीले देश अस्थिरतातर्फ गइरहेको र वर्तमान गठबन्धनले देशका सबै क्षेत्र सङ्कटग्रस्त अवस्थामा लगिरहेको वताउनुभयो ।
मिसनग्रासरूटले पार्टीलाई गतिशील बनाएको बताउँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिनुपर्नेमा रायमाझीको जोड थियो । अर्घाखाँचीमा संघ र प्रदेशमा शतप्रतिशत विजयी भएको स्मरण गर्दै आगामी दिनमा स्थानीय तहमा पनि शतप्रतिशत विजय हुने गरी अगाडि बढ्नुपर्ने बताउनुभयो । नेकपा ९एमाले० का जिल्ला अध्यक्ष पिताम्बर भुसालको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य राजन भट्टराई, पोलिटव्यूरो सदस्य सूर्य थापा, विमला घिमिरे, केन्द्रीय सदस्य चेतनारायण आचार्य लगायतले प्रशिक्षण दिनुभएको थियो ।