काठमाडाैंकाे जडीबुटीमा मोटरसाइकल दुर्घटनामा एककाे मृत्यु

काठमाडाैंकाे जडीबुटीमा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ ।

गएराति साढे ११ बजे काठमाण्डौको जडीबुटीमा बाग्मती प्रदेश ०२ ०२२ प २६८४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक को ज्यान गएको प्रहरीले जनाएको छ ।

चालक सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-४ का ३५ वर्षका हरिशरण अधिकारी रहेका छन् ।

उनको उपचारका क्रममा मेडिकल कलेज सिनामङ्गलमा मृत्यु भएकाे प्रहरीले जनाएको छ ।