धौलागिरी बेस क्याम्पमा एभरेष्ट हेलिकप्टर दुर्घटना
कास्की, २६ चैत्र । म्याग्दीको धौलागिरी बेस क्याम्पमा हेलिकप्टर दुर्घटना भएको छ । बेस क्याम्पमा अवतरण गर्ने क्रममा एभरेष्ट हेलिकप्टर दुर्घटना भएको हो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमका अनुसार धौलागिरि बेसक्याम्पमा ल्याण्ड गर्ने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो ।
‘हेलिकप्टर दुर्घटना भएको छ । तर, पूर्ण विवरण आइसकेको छैन,’ गौतमले भने ।
पाइलट प्रिया अधिकारीले कार्गो हेलिकप्टर लिएर गएकी र उक्त हेलिकप्टर आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको थियो ।
बेसक्याम्पमा ल्याण्डिङ गर्ने क्रममा दुर्घटनामा परेको र पाइलट सकुशल रहेको पोखरा विमानस्थल
का टावर कन्ट्रोलर योगेन्द्र केसीले जानकारी दिए ।
प्रियाको उद्धारका लागि गएको एयर डाइनेस्टी फर्केपछि मात्र थप विवरण प्राप्त हुने उनको भनाइ छ ।
