कञ्चनपुरको बेदकोट नगरपालिकाद्वारा स्वास्थ्य स्वयमसेविकालाई साइकल
कञ्चनपुर, २८ चैत्र । कञ्चनपुरको बेदकोट नगरपालिकाले स्वास्थ्य स्वयमसेविकालाई साइकल वितरण गरेको छ ।
प्रत्येक महिला स्वयमसेविकालाई स्वास्थ्य सेवा वितरणमा सहजताका लागि एकएक थान साइकल उपलब्ध गराइएको हो ।
नगरपालिकाले १३ वटा वडाका स्वास्थ्य स्वयमसेविका र दुईजना कार्यालय सहयोगीलाई साईकल वितरण गरेको वडाध्यक्ष थानेश्वरप्रसाद भट्टले बताउनुभयो ।
“स्वयमसेविकालाई स्वास्थ्यसम्बन्धी काम गर्दा सजिलो होस् भनेर साइकल वितरण गरेका हाैं”, अध्यक्ष भट्टले भन्नुभयो, “यसले स्वास्थ्य क्षेत्रमा सेवा गर्न सहज हुनेछ ।” त्यसैगरी दुईजना कार्यालय सहयोगीलाई पनि कार्यालयको कामकाजमा सहयोग पुगोस् भनेर साइकल वितरण गरेको उहाँले बताउनुभयो ।
स्वास्थ्य क्षेत्रमा सेवा गर्न सहज होस भन्ने उद्देश्यले साइकल वितरण गरेको बेदकोट नगरपालिकाका नगर उपप्रमुख तुलसी जोशीले बताउनुभयो ।