सामुदायिक विद्यालय आजदेखि नयाँ शैक्षिक सत्र सुरू
काठमाडौं, ३ वैशाख । देशभरका २७ हजार ८१२ सामुदायिक विद्यालयमा आजदेखि नयाँ शैक्षिक सत्र सुरू भएकाे छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार देशभरका २७ हजार ८१२ सामुदायिक विद्यालयमा ‘समयमै भर्ना, समयमै ज्ञान; गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथ भर्ना अभियान सञ्चालन गरिरहेको जनाएकाे छ ।
अभियान वैशाख १५ गतेसम्म चल्नेछ । तीन तहको सरकारले संयुक्त रुपमा विद्यालय बाहिर भएका विद्यार्थीलाई विद्यालयमा ल्याउनको लागि भर्ना अभियान सञ्चालन गरिरहेको हाे ।
महालेखा परीक्षकको प्रतिवेदनले २०७४ सालको तुलनामा २०७८ सालमा सामुदायिक विद्यालयमा विद्यार्थी २०.१४ प्रतिशतले ले घटेका छन् भने संस्थागत विद्यालयमा ४७.५५ प्रतिशतले बढेका जनाएकाे छ
।