एसीसी प्रिमियर कप
उद्घाटन खेलमा नेपालको विजयी शुरुवात, मलेसिया ६ विकेटले पराजित
काठमाडाैं, ५ वैशाख । एसीसी प्रिमियर कपमा नेपाल ६ विकेटले विजयी भएकाे छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा उद्घाटन खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले विजयी शुरुवात गरेको हो ।
नेपालले मलेसियालाई ६ विकेटले पराजित गरे । मलेसियाले दिएको २३६ रनको लक्ष्य नेपालले ३६.२ ओभरमा ४ विकेट गुमाउँदै गुमाएर पूरा गर्यो ।
नेपालका लागि भीम सार्कीले ७१ रन बनाए । कुशल मल्ल ७० रनमा नट आउट रहे । रोहित पौडेलले ४२ र कुशल भुर्तेलले ३८ रन बनाए । आसिफ सेख १ रनमा आउट भए ।
यस्तै सोमपाल कामी र सन्दीप लामिछानेले ३-३ विकेट लिए । सोमपालले ९ ओभरमा ४० रन खर्चिए भने सन्दीपले १० ओभरमा १ मेडन राख्दे ४८ रन खर्चिए ।