पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
काठमाडौं, ९ वैशाख । पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने उपचारत एक जना सङ्क्रमितको निधन भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार एक सय ४८ नमूना परीक्षणमा ७८ जना सङ्क्रमित फेला परेका छन् ।
मन्त्रालयका अनुसार शुक्रबार पनि एक जनाको निधन भएको थियो । मन्त्रालयले हाल ३८३ जना सक्रिय संक्रमित रहेकाे जनाएकाे छ।
यसैगरी देशभरि २५ जना आइसोलेशन, सात जना सघन उपचार कक्ष (आइसीयू) र तीन जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।