एसीसी प्रिमियर कप

यूएईद्वारा सिंगापुरले पायाे ४७२ रनको विशाल लक्ष्य

काठमाडौं, १० वैशाख । एसीसी प्रिमियर कप अन्तरगत् यूएईले सिंगापुरलाई ४७२ रनको विशाल लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएकाे खेलमा टस जितेर पहिला ब्याटिङ गरेको यूएईले ४७१ रन बनाएको हो ।

कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएकाे खेलकाे ५० ओभरमा बनेको याे अहिलेसम्मकै उच्च स्कोर हो । यूएईका लागि कप्तान मोहमद वासिम र वृत्य अरबिन्दले शतकीय पारी खेले ।

वासिमले ३४ बलमा अर्धशतक पूरा गरेका थिए । ६२ बलमा शतक पूरा गरेका थिए । ७८ बलमा १ सय ५० रन पूरा गरेका थिए । त्यस्तै वृत्यले ५२ बलमा अर्धशतक, ९६ बलमा शतक र १ सय २६ बलमा १ सय ५० रन पूरा गरेका थिए ।

१७४ रन बनाएका अरबिन्दले १७ चौका र ७ छक्का हाने । वासिमले विस्फोटक ब्याटिङ गर्दै ९ चौका र १६ छक्का हाने । आयान अफजल खानले ५० बलमा ७४ रन बनाए ।