रातो मच्छिन्द्रनाथ (बुंगद्य) को रथ जात्रा सुरु (सात तस्बिर)

ललितपुर, १२ वैशाख । पाटनको सबभन्दा ठूलो उत्सव अर्थात् ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथ (बुंगद्य) को रथ जात्रा सुरु भएको छ ।

सोमबारबाट सुरुभएको रातो मच्छिन्द्रनाथको रथ हिलो दिन गाःबहालमा मै पुर्याउनु पर्ने भए पनि नःबहालमै रोकिएको छ । वैशाख महिनाको शुक्ल पक्ष प्रतिपदाको दिनदेखि सुरु भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना रातो मच्छिन्द्रनाथको रथ यात्रा हुन्छ । त्यसैले यो जात्रालाई सबै भन्दा लामो जात्राका रुपमा लिइन्छ ।

काठमाडौंमा यँया पुन्ही, अर्थात् इन्द्रजात्रा र भक्तपुरमा बिस्काः जस्तथै पाटनमा रातो मच्छिन्द्रनाथको जात्रा महत्वका साथ मनाउने चलन छ।हरेक वर्ष रथारोहणको चार दिनमा रथ तान्ने चलनानुसार सोमबार अपराह्न ४ बजेर ४५ मिनेटमा रथ तान्न सुरु गरिएको थियो । तर, ललितपुरको पुल्चोकमा निर्माण गरिएको रथलाई तानेर पहिलो दिन गाःबहालमा पुर्‍याउने भनिए पनि रथ सीधा अघि नबढ्दा नःबहालमै रोकिएको हो ।