कैलालीकाे न्यू सत्कार होटलमा एक पुरुष मृत फेला

कैलाली, १२ वैशाख । कैलालीको अत्तरियास्थित एक होटलमा एकजना पुरुष मृत फेला परेका छन्।

कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियास्थित न्यू सत्कार होटलमा एक पुरुष मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार मृतक दार्चुलाको ब्याँस गाउँपालिका–३ का अन्दाजी ४५ वर्षीय मोहनसिंह भएकाे जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले होटलको १०३ नम्बर कोठामा बसेका सिंह मृत अवस्थामा भेटिएको बताए।

सिंह १० वैशाखमा उक्त हाेटलमा कोठा लिएर बसेका थिए भने हिजो साँझ मृत भेटिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार उनी शौचालयमा झुण्डिएको अवस्थामा भेटिए पनि घटनाबारे अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *