दाङमा १६ वर्षीय किशोरद्वारा १९ वर्षीया किशोरी बलात्कृत

दाङ, २० वैशाख । दाङमा १६ वर्षीय किशोरद्वारा १९ वर्षीया किशोरी बलात्कृत भएका छन् ।

दाङकाे तुलसीपुर उपमहानगरपालिका-३ दमारगाउँ घर भई हाल बबई गाउँपालिका-६ कौसीलापुर मामा घरमा बस्ने १६ वर्षीय किशोर बलात्कारकाे आरापमा पक्राउ परेकाे हाे ।

किशोरले ती किशोरीलाई गत शनिबार ललाई फकाई आफ्नै खाली घरमा लगि बलात्कार गरेकाे भन्ने उजुरीपछि ईलाका प्रहरी कार्यालय तुलसीपुर र अस्थायी प्रहरी पोष्ट बेलुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेका छन् ।

पक्राउपछि किशाेरलाई थप अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएकाे छ ।