स्मार्ट टेलिकम प्रालि स्वतः खारेज
काठमाडाैं, २० वैशाख । ललितपुरको कुमारीपाटीस्थित स्मार्ट टेलिकम प्रालिकाे इजाजत स्वतः खारेज भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।
टेलिकमले संस्था नवीकरणका लागि नियमानुसार दस्तुरसहित निवेदन पेस नगरेकाले प्रालिकाे इजाजत स्वतः खारेज भएको हाे ।
प्राधिकरणले आज एक सूचना प्रकाशित गरी उक्त सेवाका सम्बन्धमा अनुमतिपत्र बहाल नरहेको दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम ९ को उपनियम (१) बमोजिम दूरसञ्चारका पूर्वाधार, संरचना,सञ्जाललगायत सामग्री चालु अवस्थामै प्राधिकरणलाई हस्तान्तरण गर्न पनि भनेको छ।
