नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्वगृहमन्त्री बालकृष्ण खाणको बयान आजदेखि लिइने
काठमाडौं, २८ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणको बयान आजदेखि लिइने भएको छ।
काठमाडाैं जिल्ला सरकारी वकिलको कार्यालयमा खाणको बयान लिन सुरु गरिने भएकाे हाे ।
प्रहरीले हिजाे नै खाणलाई जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको थियो।
जिल्ला अदालत काठमाडौंले ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि आजदेखि खाणको बयान लिइने छ ।
खाण बुधबार आफ्नै निवास चाबहिलकाे मैजुवहालबाट पक्राउ परेका थिए ।