प्रधानमन्त्री प्रचण्डसहित प्रमुख तीन दलकाे भेटवार्ता

काठमाडौं, ३१ वैशाख । प्रधानमन्त्री प्रचण्डसहित प्रमुख तीन दलकाे भेटवार्ता भएकाे छ ।

प्रमुख तीन दलका शीर्ष तीन नेताहरूकाे बालुवाटारमा भेटवार्ता भएकाे हाे । भेटवार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली छलफलमा सहभागी हुनुभएकाे छ ।

पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरणपछि प्रमुख दलका शीर्ष नेताहरूको भेटघाट बाक्लिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाणलगायत पक्राउ परिसकेका छन् ।