मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं, २ जेठ । सरकारले मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गर्ने निर्णय गरेको छ ।

ज्युदाे शहिद भनेर चिनिएका मुकेश कायस्थलाई मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय शहीद घोषणा गर्ने निर्णय गरेको हाे ।

दोस्रो जनआन्दोलनमा घाइते भएका कायस्थको २८ वैशाखमा ३२ वर्षको उमेरमा निधन भएको थियो ।

२०६२ चैत २७ गतेको आन्दोलनमा सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएका कायस्थको ओछ्यानको बास भएको थियो ।