ढुङ्गाले लागेर यार्सागुम्बा सङ्कलनका लागि गएका एक जनाकाे मृत्यु

दार्चुला, ५ जेठ । दार्चुलामा यार्सागुम्बा सङ्कलनका लागि गएका एक जनाकाे ढुङ्गाले लागेर मृत्यु भएकाे छ भने अर्का एकजना घाइते भएका छन् ।

ढुङ्गाले लागेर मृत्यु हुनेमा व्यास गाउँपालिका–१ छाङरुका ४२ वर्षीय वीरसिंह ऐतवाल रहेकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जनाएका छन् ।

यार्सागुम्बा सङ्कलन गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले उनको टाउकोमा चोट लागेको थियो । ऐतवालको घटनास्थलमै मृत्यु भएको उहाँले बताउनुभयो ।

अर्का सङ्कलक पुष्कर ऐतवाल घाइते भएका छन् । उनलाइ सीतापुल प्रहरीचौकीबाट खटिएको प्रहरी टोलीले घाइते पुष्कर ऐतवालको उद्धार गरेको छ ।

सामान्य चोट लागेका उनको घरमै प्राथमिक उपचार भइरहेको चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक प्रकाशबहादुर सिंहले जानकारी दिनुभयो ।