अर्घाखाँचीमा बिजुलीको खम्बाबाट खसेर एकको मृत्यु

अर्घाखाँची, ५ जेठ । अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका–८ किमडाँडामा बिजुलीको खम्बाबाट खसेर एक जनाको मृत्यु भएकाे छ । उक्त घटनामा एक जना घाइते भएका छन् ।
किमडाँडामा बिजुलीको खम्बामा तार तान्दै गरेको अवस्थामा ट्रकले एक्कासी तार तान्दा खम्बाबाट खसेर सोही स्थानका ३६ वर्षीय कृष्णबहादुर रानाको ज्यान गएको हो ।
अर्का किरन राना घाइते भएका छन् । उनको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब मुकुन्द रिजालले बताउनुभयो ।
गम्भीर घाइते भएका रानाको उपचारका क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा मृत्यु भएको हो ।