‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेज इन्टरनेशनल २०२३’मा ६ विजेता घोषित

काठमाडौं, ८ जेठ । १२औं ‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेज इन्टरनेशनल २०२३’ मा एकसाथ ६ विजेता घोषित भएका छन् ।
जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार साँझ सम्पन्न प्रतियोगितामा ‘मिनि गर्ल’, ‘मिन ब्वाई’, ‘लिटिल गर्ल’, ‘लिटिल ब्वाई’, ‘टिन गर्ल’ र ‘टिन ब्वाई’ गरेर एकसाथ ६ विजेता घोषित भएका हुन् ।
प्रतियोगीतामा ‘मिनि गर्ल’ तर्फ एलभिरा महर्जन र ‘मिनि ब्वाई’ तर्फ ओजस राज श्रेष्ठ विजेता भए।
त्यस्तै ‘लिटिल गर्ल’ तर्फ दर्शना संग्रौला र ‘लिटिल ब्वाई’ तर्फ सम्यक श्रेष्ठ विजेता भए ।
बिभिन्न तामझाम सहित आयोजित कार्यक्रममा ‘टिन गर्ल’ श्रीज्ञा महर्जनले उपाधि प्राप्त गरिन् ।‘टिन ब्वाई’ तर्फको उपाधि भने स्वरुप केसी हात पारे ।
रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको प्रतियोगिताको फाइनल स्पर्धामा सम्पुर्ण देवापाटे , नेहरु जोशी, आकाश श्रेष्ठ, अमन हिटाङ, आशोक पाण्डे निर्णायक रहेका थिए ।
बालबालिकाको प्रतिभा निखार्दै उनीहरुलाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले प्रतियोगीता आयोजना हुँदै आएको आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रबन्ध निर्देशक, अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले बताए ।
फैजु एक दशक भन्दा बढी समयदेखि गुणस्तरीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएका छन् ।
७ वर्षदेखि १५ वर्षसम्मका विद्यालयमा अध्ययनरत बालबालिकाको सहभागिता रहेको प्रतियोगीको कोरियोग्राफी अन्तर्राष्ट्रिय फेसन कोच राज फैजु आफैंले गरेका थिए भने ड्रेस डिजाइन श्रीषा बैदारले गरेकी थिइन् । विजेता सबैले उपाधिका साथमा विभिन्न अवसर समेत प्राप्त हात पारेका छन् ।