मधेश प्रदेश सरकारका तीन मन्त्रीले लिए शपथ

जनकपुर, ९ जेठ । मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको सरकार विस्तार गरिएको छ ।

करिब डेढ महिनापछि नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)सहित जसपाकाे नेतृत्वमा सरकार विस्तार गरिएको हो ।

मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा कांग्रेसबाट प्रदेश संसदीय दलका नेता कृष्ण यादव र वीरेन्द्रप्रसाद सिहं तथा एकीकृत समाजवादीबाट संसदीय दलका नेता गोविन्दबहादुर न्यौपाने सरकारमा क्रमस भौतिक पूर्वाधार तथा विकास, स्वास्थ्य तथा जनसङ्ख्या र समाजवादीका न्यौपानेलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

आज मधेश भवनमा आयोजित एक विशेष समारोहमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष तीनै जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिए।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एक मन्त्री पाउने सहमति भए पनि सरकारमा सहभागी भएको छैन ।