सरकारकाे नजरमा परेन जेष्ठ नागरिक
काठमाडौं, १५ जेठ । सरकारकाे बजेट भाषणमा जेष्ठ नागरिक पर्न सकेन ।
सरकारले निरन्तर ज्येष्ठ नागरिकलाई दिँदै आएको भत्तालाई मात्र कायम गरेकाे छ । ६८ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकले निरन्तरता भत्ता पाउँदै आइरहेकाे छ ।
आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले वृद्धभत्ता नबढाइएको बताउनुभएकाे हाे ।
सरकारले ज्येष्ठ नागरिकको सुरक्षा र हक अधिकारको रक्षाका लागि आवश्यक बजेटको भने व्यवस्था गरेको छ ।