सिन्धुलीमा सर्पले टाेकेर दुई बालकको मृत्यु
सिन्धुली, १६ जेठ । सिन्धुलीमा सर्पले टाेकेर दुई बालकको मृत्यु भएको छ ।
दूधौली नगरपालिका– १ कुर्थौलीका १३ वर्षीय ग्रिस पहाडी र उनका भाइ तीन वर्षीय ग्रिस्म पहाडीको सर्पले टाेकेर मृत्यु भएको हो ।
आज विहान ३ बजे ओछ्यानमा सुतिरहेका बालकलाई सर्पले डसेको थियो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालले उनीहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली लगिएको र थप उपचारका लागि जानकी हेल्थ केयर जनकपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जनाएकाे छ ।
सर्पले ग्रिसलाई बाँया हातको औँलामा र ग्रिस्मको बाँया खुट्टामा टाेकेकाे थियो ।