विश्व रक्तदाता दिवसमा साताव्यापी कार्यक्रम हुने

काठमाडाैं, २१ जेठ । विश्व रक्तदाता दिवस २०८० (२०२३) का उपलक्ष्यमा ब्लड डोनर्स एशोसिएसन नेपाल (ब्लोदान)ले सप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने भएको छ ।

शुक्रबार बसेको ब्लोदानको बैठकले ‘नियमित रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’ भन्ने नाराका साथ यही जेठ २४ देखि ३१ गतेसम्म रक्तदान–रक्ततत्वसम्बन्धी विभिन्न कार्यक्रम गर्न संस्था–सहयोगदातालाई आह्वान गरेको छ ।

साताव्यापी कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न स्वयंसेवी रक्तदाता तथा रगत र रक्ततत्वसम्बन्धी कार्य गर्ने सबै सङ्घसंस्थालाई आह्वान गरिएको ब्लोदानका केन्द्रीय सदस्य तथा प्रचारप्रसार विभागका सदस्य रवि रिमालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *