प्रदेशस्तरीय महिला फुटबलको उपाधि नवलपुरलाई

कास्की, २६ जेठ । गण्डकी प्रदेशस्तरीय महिला फुटबलको उपाधि नवलपुरले हात पारेकाे छ । नवलपरासीपूर्व नवलपुरको कावासोतीमा सम्पन्न फाइनल खेलमा नवलपुरले स्याङ्जालाई ५–१ गोलअन्तरले पराजित गरेको हो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतबहादुर पुनका अनुसार विजेता नवलपुरले रु ५० हजार पुरस्कार प्राप्त गरेकाे छ ।

उपविजेता स्याङ्जाले रु ३० हजार प्राप्त गर्यो । प्रतियोगिताका सबै खेल कावासोतीको सरस्वती माविको खेलमैदानमा खेलाइएका थिए ।

प्रदेश खेलकुद परिषद् गण्डकीको प्रायोजन र जिल्ला खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता आयोजना भएको हो ।

प्रतियोगितामा नवलपुर, स्याङ्जा, तनहुँ, लमजुङ र गोरखाको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *