कैलालीबाट विभिन्न हातहतियारसहित एक जना पक्राउ
कैलाली, १ असार । कैलालीबाट विभिन्न हातहतियारसहित एक जना पक्राउ परेका छन् ।
कैलालीकाे कैलारी गाउँपालिका-८ पृथ्विपुर बस्ने ५५ वर्षीय दयाराम चौधरी विभिन्न हातहतियारसहित पक्राउ परेका हुन् ।
प्रहरीले चौधरीकाे साथबाट एकनाले भरूवा बन्दुक २ थान, बारुद ४ डिब्बा, गोली ३६ पिस, सिसा २४ पिस, केप ८ पिस र कम्पास १ थानसहित बिहीबार दिउँसो पक्राउ गरेको हाे ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त हातहतियार फेला पारी उनलाई पक्राउ गरेको छ। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।