बामदेव एमाले प्रवेशको अन्तिम तयारीमा, मुख्यालयमा ओलीसँग के–के भयो कुराकानी ? (भिडियोसहित)

काठमाडौं, ३ असार । नेकपा राष्ट्रिय अभियानमा संयोजक बामदेव गौतम आफ्नो अभियानलाई नेकपा (एमाले)मा समाहित गर्ने औपचारिक प्रस्ताव लिएर आज एमाले मुख्यालयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न पुग्नु भएको छ ।

मध्यान्हमा एमाले मुख्यालय पुग्नु भएका गोतमले त्यहाँ करीब दुई घण्टा विताउनुभयो । अध्यक्ष ओली सातवटै प्रदेशको बजेटबारे सातवटै प्रदेशका प्रदेश सांसदसँगको भर्चुअल अन्तरक्रिया कार्यक्रमपछि आफ्नो कार्यकक्षमा पुग्नु अघि नै गौतम ओलीको कार्यकक्षमा पुगिसक्नु भएको थियो ओली केही समय आफ्नो कार्यकक्ष नजिकैको भेटघाट कक्षमा चीनियाँ दूतावासको टोलीसँग छलफलपछि गौतमसँग कुराकानी गर्न आफ्नो कार्यकक्षमा छिर्नुभयो । त्यहाँ उहाँहरुबिच झण्डै डेढ घण्टा कुराकानी भयो ।

कुराकानीपछि बारिह निस्किने क्रममा गौतम निकै उत्साहित देखिनुहुन्थ्यो । ओलीसँगको भेटपछि बाहिरिने क्रममा मैत्रिन्युजसँग कुराकानी गर्दै आफुले नेतृत्व गरेको अभियानलाई एमालेसँग एकीकृत गराउनका लागि पहिलो पटक औपचारिक कुराकानीका लागि ओलीसँग भेट गरेको जानकारी दिनुभयो ।

निकै प्रसन्न देखिनुभएका गौतमले जिम्मेवारी सानो–ठूलो नभन्ने भन्दै विहानदेखि–बेलुकासम्म खट्ने गरी जिम्मेवारी दिन आग्रह गरेको पनि बताउनुभयो । उहाँले अध्यक्ष ओलीलाई आफ्ना केही विचार लेखेर दिएको भन्दै आगामी निर्वाचनमा ६० लाख मत ल्याउने गरी काम गर्ने बताउनभुयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *