उपप्राध्यापक प्रेम चलाउनेद्वारा अनसन स्थगित

काठमाडाैं, ८ असार । केहि दिनदेखि अनसनरत उपप्राध्यापक प्रेम चलाउनेले आजदेखि अनसन स्थगित गर्नुहुने भएकाे छ ।

नेपाली कांग्रेससम्बद्ध विद्यार्थी संगठन, नेपाल विद्यार्थी संघका कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले बिहीबार कार्यान्वयन नगर्न आदेश दिएपछि आज दिउँसो १ बजेदेखि अनसन स्थगित गर्न लाग्नुभएकाे हाे ।

उहाँमाथि ०७७ साल असोज २० गते त्रिभुवन विश्वविद्यालय परिसरमा नेपाल विद्यार्थी संघका कार्यकर्ताहरूद्वारा मरणासन्न हुनेगरी कुटपिट भएको थियो।

उहाँ पाँच दिनदेखि त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय अगाडि अनशन बस्दै आउनु भएकाे थियाे । उहाँले अनशन स्थगितबारे जानकारी दिन दिउँसो १ बजे पत्रकार सम्मेलन गर्न लाग्नुभएकाे छ ।