ताप्लेजुङ पहिराेमा बेपत्ताको शव नभेटिएपछि कुशको शव बनाएर दाहसंस्कार

ताप्लेजुङ, ९ असार । ताप्लेजुङमा गएको शनिबार राति पहिरोमा परेर बेपत्ता भएका सिदिङ्वा गाउँपालिकाका स्थानीय तीन जना अझै नभेटिएपछि आफन्तले कुशको शव बनाई दाहसंस्कार गरेकाछन् ।

बेपत्ता बनेका एकै परिवारका तीन जनालाई शुक्रबार बिहानसम्म खोजी गर्दा पनि नभेटिएपछि दिउँसो कुशको शव बनाएर आफन्तले दाहसंस्कार गरेका हुन् ।

बेपत्ता भएदेखि नै आफन्त र स्थानीयसहित सुरक्षाकर्मीले खोजी जारी राखिएपनि हालसम्म शव फेला परेकाे छैन ।

पहिराले घर बगाउँदा मेहेलेको भालुखोपका ६३ वर्षीया भगीमाया बुढाक्षेत्री, बुहारी ३० वर्षीया सन्ध्या र नाती ९ वर्षीय प्रज्वल बुढाक्षेत्री बेपत्ता छन् । पहिरोमा परी मेहेलेकै तीन जनाको निधन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *