बागलुङमा चट्याङ लागेर एकै घरका दुई जनाको मृत्यु, एक घाइते
बागलुङ, १० असार । बागलुङमा चट्याङ लागेर एकै घरका दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विकको घरमा शनिबार राति ९ बजे चट्याङ पर्दा उनको छ वर्षीय छाेरा दिनेश विक र नौ वर्षीया छोरी सुनिता विकको घटनास्थलमै मृत्यु भएको हो ।
चट्याङ लागेर चित्रबहादुरकी श्रीमती यमकुमारी विक घाइते भएका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो ।
चट्याङले घर नजिकै बाँधेको एक भैँसीसमेत मेरेको प्रनाउ केसीको भनाइ छ । घाइते यमकुमारीलाई उद्धार गरी अस्पताल पठाइएको छ ।