आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित
काठमाडौं, १३ असार । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित भएकाे छ । संसदमा उपस्थित सांसद २५५ मध्ये १४७ सांसदले बिनियाेजन बिध्यक २०८० पारित गरियाेस भन्नेकाे पक्षमा मत हालेका थिए ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका दलले भने विपक्षमा मतदान गरेका थिए । विपक्षमा १०८ मत परेकाे थियाे भने सहभागी हुन्नाैं भन्नेमा शुन्य मत परेकाे थियाे ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाले पक्षमा मतदान गर्न ह्वीप नै लगाएका थिए । नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्तिले भने पक्षमा मतदान गर्ने निर्णय गरेका थिए ।
सत्ता गठबन्धनमा रहेकाे सिके राउत नेतृत्वकाे जनमत पार्टीले भने विपक्षमा मतदान गर्याे ।