गायक शिशिरजय खरेलको गीत ‘मै नाचीदिन्छु’ सार्वजनिक

काठमाडाैं, १७ असार । गायक शिशिरजय खरेलको नयाँ गीत ‘मै नाचीदिन्छु’ सार्वजनिक भएको छ ।

खरेलकै शब्द तथा संगीत र विशम आचार्यको एरेन्ज रहेको गीत ‘मै नाचीदिन्छु’ सार्वजनिक भएकाे हाे ।

डान्सिङ शैलीमा तयार गरिएको गीतको आकर्षक भिडियो पनि निर्माण भएको छ । भिडियो बहुचर्चित हिन्दी फिल्म ‘सोले’को ‘जब त है जान’ गीतको थिममा तयार भएको छ । भिडियोमा कामेश्वर चौरेशिया, पुष्प खड्का, कविता नेपाली लगायतको अभिनय छ ।

गीतमा कामेश्वर गम्बर सिंहको रुपमा प्रस्तुत भएका छन् । गीतमा पुष्प र कविताको अभिनय र नृत्य उत्कृष्ट रहेको छ ।

जय हो द फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको भिडियोमा उत्तम हुँमागाईको छायांकन, रुपेश खड्काको सम्पादन र निकेश खड्काको निर्देशन छ ।