नासु प्रेमिका कुटिएको विरोधमा देशभरिका अदालतमा कर्मचारीद्वारा हड्ताल
काठमाडाैं, १७ असाेज । ललितपुर जिल्ला अदालतमा कार्यरत कर्मचारी प्रेमिका तामाङ कुटिएकाे विरोधमा देशभरिका अदालतका कर्मचारीले हड्ताल गरेका छन् ।
गत बुधबार अपराह्न साढे ४ बजे काठमाडौं-१४ का ३६ वर्षीय कानून व्यवासायी अमिर लामिछानेले हातपात गरेको विरोधमा आज देशभरका अदालतमा कर्मचारीले हड्ताल गरेका हुन् ।
चारवटा कर्मचारी संगठनहरुको आह्वानमा आज विहान १० बजेदेखि अपरान्ह साढे १ बजेसम्म गरिएको हड्तालका कारण अदालतका कामकारवाही प्रभावित भएका छन् ।
उक्त घटनापछि पीडित तामाङले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी थिइन्। जाहेरी दिएसँगै प्रहरीले उनलाई पक्राउ गरेर अभद्र व्यवहारको कसुरमा अनुसन्धान जारी राखेकाे छ ।
