भक्तपुरकाे गुण्डुमा स्कुटर दुर्घटना हुँदा बाबुको मृत्यु, छोरी घाइते
भक्तपुर, १७ असार । भक्तपुरकाे गुण्डुमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
सूर्यविनायक नगरपालिका-७ गुण्डु तीनधारेमा शनिबार राति ९ बजे स्कुटर दुर्घटनामा बाबुको ज्यान गएकाे हाे ।
जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकका अनुसार गुण्डुबाट पाण्डुबजार जाँदै गरेको बा ९३ प ५८८१ नम्बरको स्कुटर आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको हो।
दुर्घटना हुँदा सूर्यविनायक नगरपालिका-६ पाण्डुबजारका ४५ वर्षीय कृष्णकुमार त्वाती गम्भीर घाइते भएका थिए। उनको डा. इवामुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएकाे हाे ।
उनकी १९ वर्षीया छोरी अनिता पनि सामान्य घाइते भएकी थिइन्। उपचारपछि उनी डिस्चार्ज भइसकेकी छन्।
