बाढीले मेलम्ची र फट्टेको ह्युमपाइपबाट बनेकाे पुल बगायाे
सिन्धुपाल्चाेक, २२ असार । सिन्धुपाल्चाेककाे मेलम्चीमा अविरल वर्षापछि आएको बाढीले ह्युमपाइप राखेर बनाइएको दुई पुल बगाएकाे छ ।
गए रातिको वर्षाले मेलम्ची तथा इन्द्रावती दुवै नदीको ह्युमपाइपमा बगाएकाे फट्टेका स्थानीय दशरथ दनुवारले जानकारी दिनुभयो । “फट्टेबाट अब सवारीसाधन चल्ने अवस्था छैन”, उहाँँले भन्नुभयो ।
फट्टेको पुल बगाउँदा मेलम्ची नगरपालिका–७ र ८, हेलम्बु गाँउपालिका–२ र ३ तथा पाँचपोखरी थाङपाल गाउँपालिका–१ र २ का बासिन्दा प्रभावित भएका छन् ।
इन्द्रावती नदीमा भने आज बेलीब्रिजको उद्घाटन हुँदैछ ।
