संघीय संसद अन्तर्गतकाे दुवै सदनको बैठक आज बस्दै

काठमाडाैं, २९ असार । संघीय संसद अन्तर्गतकाे दुवै सदन बैठक आज नयाँ बानेश्वरमा बस्दैछ ।

राष्ट्रिय सभाको बैठक बिहान सवा ११ बजे बस्दैछ भने प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि राखिएकाे छ ।

राष्ट्रिय सभाको बैठककाे बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक विधेयक, २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, आर्थिक विधेयक, २०८० पारित गरियोस् भन्ने प्रस्ताव​ प्रस्तुत गर्ने, राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, राष्ट्र ऋण उठाउने विधेयक, २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभाको बैठकमा उत्पत्ति भएको विनियोजन विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको जानकारी गराउने, केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई अनुमति माग्ने प्रस्तावमाथि ज्ञानबहादुर शाही, प्रेम सुवाल, सोविता गौतम, सुमना श्रेष्ठ लगायतबाट प्राप्त विरोधको सूचनालाई निर्णयतार्थ प्रस्तुत गरिने सचिवालयले जनाएकाे छ ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० पेस गर्ने र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राष्ट्रिय सभाका उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *