अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल भ्रमणमा आउँदै
काठमाडाैं, २९ असार । संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एशिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु एकदिने नेपाल भ्रमणका क्रममा आज नेपाल आउँदै हुनुहुन्छ ।
उहाँले आजै नेपाल सरकारका उच्च नेतृत्वकर्तासँग शिष्टाचार भेट गर्नुहुनेछ र यहाँस्थित अमेरिकी दूतावासका कर्मचारीलाई पनि भेट्नु हुने दूतावासले जनाएको छ ।
उहाँले आजै अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्नुहुनेछ जनाइएको छ । उहाँले गत वर्ष पनि नेपालको भ्रमण गर्नुभएको थियो ।