महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक सेन्टर फार्मेसीका कर्मचारी मृत भेटिए
काठमाडौं, २९ असार । काठमाडौंकाे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरमा एक कर्मचारी मृत भेटिएका छन्।
शुक्रबार बिहान पौने ८ बजे सेन्टरको फार्मेसीमा कार्यरत अर्घखाँचीका ३६ वर्षीय अमृत पोखरेल मृत भेटिएका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार सेन्टरको दुई तलामाथि उनी मृत भेटिएको हाे ।
प्रहरीले सेन्टरका कर्मचारी पोखरेल स्टोर रूमको भर्याङमा झुण्डिएको अवस्थामा मृत फेला परेको जनाएकाे छ ।
