झापामा १५ वर्षीया किशोरी बलात्कृत
झापा, २ साउन । झापामा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।
प्रहरीले १५ वर्षीया किशोरीलाई बलात्कार गरेकाे आराेपमा बिर्तामोड नगरपालिका-६ बुट्टाबारी बस्ने १४/१४ वर्षीय २ जना किशोरलाई सोमबार बिहान पक्राउ गरेको छ ।
दुई किशोरले सोही ठाउँस्थित चिया बगानमा बोलाई आइतबार राति दुवै जनाले पालै पालो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले ती किशोरीहरूलाई थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।