हिल साइड होटल नगरकोटमा बृद्धद्धारा आत्महत्या
भक्तपुर, २ साउन । काभ्रेको मण्डनदेउपुर नगरपालिका १ नगरकोटमा रहेको हिल साईड होटलमा एक बृद्धले आत्महत्या गरेका छन् ।
काठमाडौं महानगरपालिका १३ कालीमाटी घर भई हाल बानेश्वर बस्ने वर्ष ५८ को रघुलाल अग्रवाले मेटासिट सुपर डी नामक विषादी सेवन गरी आत्महत्या गरेको हाे ।
हिल साइड होटलकाे काेठा नं ११५ मा बसेका उनले विषादीको सेवनपछि अशक्त भएकाले उपचारको लागी मध्यपुर अस्पताल ठिमी ल्याएर उपचारको क्रममा अस्पतालमा मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ ।
हाल मृतकको शव सोही अस्पतालमा रहेको जनाएको छ ।