भक्तपुरमा ११ वर्षकी बालिकाद्धारा आत्महत्या

भक्तपुर, ९ साउन । भक्तपुरको चाँगुनारायणमा ११ वर्षकी बालिकाले आत्महत्या गरेकी छन्।

सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गा.पा.६ घर भई हाल डेरा गरी बस्ने अभिषेक थामीको छोरी वर्ष ११ की आशिका थामीले झुण्डेर आत्महत्या गरेका हुन् ।

भक्तपुरको चाँगुनारायण न.पा.६ फेदीमा मंगलबार राम कुमार गिरीको २ तले कच्ची घरकोको माथिल्लो तलामा तन्नाको पासो लगाई बालिकाले आत्महत्या गरेकी प्रहरीले जनाएको छ ।

भुण्डिएर आत्महत्या गरिराखेको अवस्थामा निजको बुबा अभिषेक थामीले देखी पासो काटी हेर्दा मृत्यु भइसकेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग खरिपाटीबाट प्र.ना.नि.सोम हेन्जनसहितकाे टाेली खटी गएको प्रहरीले जनाएको छ ।