प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
काठमाडौं, १४ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले भेटवार्ता गर्नु भएको हो।
भेटमा अध्यक्ष ओलीले प्रधानमन्त्रीसँग संवैधानिक परिषद्को बैठक संविधान बमोजिम एक महिनाअघि नै नराखिएकाे भन्दै असन्तुष्टि पाेख्नु भएकाे छ ।
भेटवार्तामा संवैधानिक परिषद्को बैठक बोलाउने र संसद् अवरोध खुलाउनेबारे पनि छलफल भएको बताइन्छ।