सर्वोच्च अदालतकाे प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस
काठमाडौं, १८ साउन । संवैधानिक परिषदले प्रधानन्यायाधीशमा वरिष्ठ न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई सिफारिस गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको परिषदको बैठकले आज प्रधानन्यायाधीशमा वरिष्ठ न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई सिफारिस गर्ने निर्णय गरेको हाे ।
आजको बैठकले आइतबारबाट रिक्त हुने सर्वोच्च अदालतकाे प्रधानन्यायाधीश पदको नियुक्तिका लागि वरिष्ठ न्यायाधीश विश्वम्भर श्रेष्ठलाई नियुक्तिका लागि सिफारिस गरिएको छ ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेर हदका कारण २० साउनदेखि अनिवार्य अवकाश हुँदै हुनुहुन्छ ।
परिषदको सचिवालयले अब श्रेष्ठको नाम संसदीय सुनुवाइ विशेष समितिमा पठाउनेछ । समितिबाट नाम अनुमोदन भएमा श्रेष्ठ ३१ औं प्रधानन्यायाधीश बन्नुहुनेछ ।