सभामुखसहित तीन दलका शीर्ष नेताहरू छलफलमा

काठमाडौं, २३ साउन । प्रतिनिधिसभाको जारी गतिरोध अन्त्य गर्नका लागि सभामुखसहित तीन दलका शीर्ष नेताहरू पुनः छलफलमा जुट्नुभएकाे छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसदको अवरोध खुलाउनका लागि सभामुख देवराज घिमिरेसहित तीन दलका शीर्ष नेताको बैठक जारी छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एक क्विन्टल भन्दा बढीकाे सुन प्रकरणमा छानबिन समिति बनाउन अडान लिंदै दुवै सदनकाे बैठक गत १२ साउनदेखि अवराेध गर्दै आइरहेकाे थियाे । साेही अवराेध खुलाउन पटक पटक छलफल भएपनि निष्कर्षमा पुग्न सकेकाे थिएन ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित प्रमुख सचेतक र सचेतकहरू आज पुनः छलफलका लागि जुट्नुभएकाे छ ।

प्रतिनिधिसभा बैठक ३ बजेका लागि बोलाइएको छ ।