प्रधानन्यायाधीश सिफारिस भएका श्रेष्ठविरूद्ध उजुरी आह्वान

काठमाडाैं, २४ साउन । प्रधानन्यायाधीश सिफारिस हुनुभएका विश्वम्भरप्रसाद श्रेष्ठविरूद्ध संसदीय सुनुवाई समितिले उजुरी आह्वान गरेको छ।

समितिले बुधबार एक सूचना प्रकाशित गर्दै श्रेष्ठविरूद्ध उजुरी आह्वान गरेको हो।

प्रधानन्यायाधीश पदमा श्रेष्ठलाई नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार र सबुत प्रमाणसहित १० दिनभित्र उजुरी दिन समितिले आग्रह गरेको छ।

त्यस्ता व्यक्तिहरूले सचिवालयको ठेगानामा पत्राचार वा सोझै सिंहदरबारस्थित सचिवालयको कार्यालय पुगी सूचना वा उजुरी दिन सक्ने सूचनामा उल्लेख छ ।

संवैधानिक परिषद्ले साउन १८ गते श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो।

संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्त गर्नुहुनेछ। श्रेष्ठ ३१ औं प्रधानन्यायाधीश हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *