डाक्टरकाे नक्कली सर्टिफिकेट प्रकरण: थप दुई जना पक्राउ, पक्राउ पर्नेको सङ्ख्या ७ पुग्यो
काठमाडौं, २६ साउन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप दुई जना डाक्टर पक्राउ गरेका छन् । याे संगै पक्राउ पर्नेको सङ्ख्या ७ पुगेकाे छ ।
पक्राउ पर्नेमा मोरङबाट मनिष चौधरी र इशान अस्पतालमा कार्यरत डाक्टर श्रद्धा शिल्पकार रहेका छन् । सिआइबीको टोलीले चौधरीलाई मोरङबाट र शिल्पकारलाई कुलेश्वरबाट पक्राउ गरेको हाे ।
बिहीबार नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा ५ जना चिकित्सकलाई पक्राउ गरिएको थियो ।
बिहीबार पक्राउ पर्नेमा मोरङ–३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद सुनीलकुमार शर्मा, महोत्तरीको पिपरा–८ घर भएका रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा.अमित चौधरी, डा.रामबाबु यादव र डा.एरिना शाह रहेका छन् ।
ब्युरोको अहिलेको अपरेशनमा १५ जना चिकित्सक निशानामा छन् । ब्युरोले काठमाडौँ उपत्यका र उपत्यका बाहिर पनि अपरेसन चलाइरहेको छ ।