नेकपा एमालेले सुन प्रकरण र संसद् अवरोधबारे विशेष पत्रकार सम्मेलन गर्दै

काठमाडौं, २८ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपासबाट बाहिरिएकाे एक क्विन्टल भन्दा बढीकाे सुन प्रकरण र संसद् अवरोधबारे नेकपा एमालेले विशेष पत्रकार सम्मेलन गर्ने भएको छ ।

नेकपा एमालेले वर्तमान समसामयिक राजनीतिक, संसद्को गतिरोध लगायत विषयमा आज केन्द्रीय कार्यालय, च्यासलमा दिउँसो १२ः४५ बजे विशेष पत्रकार सम्मेलन आयोजना गर्ने भएको हो ।

साउन ३ गते समातिएको एक क्विन्टल भन्दा बढीकाे सुनमाथि छानबिन गर्न एमालेले उच्चस्तरीय समिति बनाउनुपर्ने माग गर्दै साउन १० गतेदेखि संघीय संसदका दुवै सदन अवरोध गर्दै आएको छ।