एमाले-राप्रपाद्वारा कोशी प्रदेशसभा बैठक बहिष्कार

विराटनगर, ६ भदौ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) र राप्रपाका सांसदहरूले कोशी प्रदेशसभाको बैठक बहिष्कार गरेकाे छ ।
सभामुखको भूमिकामा रहनुभएका इस्राइल मन्सुरीले आज बैठक सञ्चालन गर्ने क्रममा प्रतिपक्ष नेकपा एमाले र राप्रपाका सांसदहरुले बैठक बहिष्कार गर्दै विरोध जनाएपछि स्थगन गरिएको हो ।
यही भदौ ४ गते मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रक्रिया गैरकानुनी र असंवैधानिक भएको भन्दै एमाले र राप्रपाले विरोध गरेको छ ।
एमाले र राप्रपाका सांसदहरूले मुख्यमन्त्रीको विश्वासको मतका क्रममा सभाध्यक्षको कुर्सीबाट संविधानको उल्लंघन भएको भन्दै बहिष्कार गरेका हुन् ।