‘कोशी प्रदेशमा फेरि एमालेको नेतृत्वमा सरकार बन्छ’ : अध्यक्ष ओली
काठमाडौं, ८ भदाै । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा फेरि एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभएकाे छ ।
शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्ताे दाबी गर्नुभएकाे हाे ।
उहाँले सत्ता गठबन्धनको अलोकतान्त्रिक र असंवैधाािनक क्रियाकलापका कारण कोशीमा अस्थिरता पैदा भएकाे बताउँनुहुँदै अध्यक्ष ओलीले ५० सांसदसहित अब कोशी प्रदेशमा एमालेको सरकार बन्ने र सरकार मज्जाले चल्ने बताउनुभयाे ।
हिजो हतियार उठाएर हिंडेको माओवादीले संविधान नमान्नु ठूलो विषय नभएको टिप्पणी गर्दै उहाँले भन्नुभयाे, ‘कांग्रेसले त मान्नुपर्थ्यो नि कमसेकम !’ ।