प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

काठमाडौं, १२ भदाै । प्रतिनिधिसभाको बैठक आज संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ।

बैठक बिहान ११ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यक्रम रहेको छ ।

यसपटकको प्रश्नोत्तरमा समूह २ मा रहेका सांसदहरूले प्रश्न सोध्न पाउने छन्। प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ५६ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूचीमा रहेको छ।

त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद्को महासिचव डा भरतराज गौतमले जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *